कविता - पुँजिपति

bimbonline वलराम तिमल्सिना
२०८० ज्येष्ठ ६ ०९:३५ बजे

शरीर भरिको पसिना दियो रगत खै त भन्छ

निचोरेर रगत दियो आँसु खै त भन्छ

हाम्रो आँसु रगत पसिना बटुलेर अझ

कस्तो भोक लागेको छ मासु खै त भन्छ

यस्तो गर्न सक्ने मान्छे पूँजीपती बन्छ ।


हात दियो खुट्टा दियो टाउको खै त भन्छ

टाउकै दियो खुसी हुन्न मुटु खै त भन्छ

हाम्रो फोक्सो, कलेजो र मुटु चपाएर

फल मासु खास भेटिएन हड्डी रैछ भन्छ

यस्तै आदमखोर मान्छे पूँजीपती बन्छ ।


घर दियो बारी दियो टारी खै त भन्छ

सिङ्गै जीवन दियो हुन्न छोरी खै त भन्छ

लुट्न केही बाँकी हुन्न सबै लुट्छ तर

वारि मात्रै दिछस पाजी पारि खै त भन्छ

यस्तो सारा गर्ने मान्छे पूँजीपती बन्छ ।



सिनामंगल,काठमाण्डौ


२०८० ज्येष्ठ ६ ०९:३५ बजे

प्रतिक्रिया