डोटी।
खरिदार साहेवबाट
सुब्बा साहेवमा बढुवा भएको दिन
स्टाफ साथीहरूको बधाई र
जलपानको आग्रहलाई स्विकारेर
घरमा सूचना नै नदिई
रमाइलो साँझ भन्दै
उ खुसियालीमा जुटिरहेको थियो ।
घरमा बालबच्चा रातीसम्म
घरमा नआएपछि आत्तिएर
बाबा - बाबा भन्दै
रोई कराइ गरे होलान्
श्रीमतीले भान्सामा
चिन्तामै रात बिताई होलिन्
बुढि आमा रातभर
चिन्तामा डुव्नु भयो होला
बृद्व बा को चिन्ताले कंन्चटबाट
पसिना छुट्योहोला ।
यता उ भने
यता उ भने खुसियाली भनेर
ह्विस्किमा रमाइरहेको थियो
बोत्तलमा झुमिरहेको थियो
ग्रेभि मासु सुकुटी मासु,
रोष्ट र अचार
मस्तिले खाईरहेको थियो
साथीहरुलाई पनि थपि थपि
खाउ खाउ भनिरहेको थियो
शायरी र गितहरुमा
उडीरहेको थियो
साथीहरुको साथ र हौस्याइमा
बहुतै रमाइरहेको थियो ।
उ र उसका साथीहरु
बोत्तलहरुको झोल पिउदै
एकपछि अर्को रित्याउँदै थिए
बोत्तलहरु मागिदै जान्थे
साहुजी बोत्तल थप्दै जान्थे
बोत्तलको सँख्या र मासु अनि
काजु बदामको मात्रा
खातामा चढाईरहेका हुन्थे
बढुवाको खुसियालीमा ।
कति चिज खाए
कति मदिरा पिए थाहाँ भएन
कति सिसि रित्याए
उसलाई सम्झना थिएन
केटाहरुले चिसो
कठ्याङ्ग्रिएको खाना ल्याएपछि
उनिहरुको पिउने क्रम रोकियो
कतिखेर निदायो उ पत्तो थिएन ।
भोलिपल्ट बिहान उठ्दा भने २
उसको घाँटी सुकिरहेको थियो
तिर्खा लागेर पानी मागिरहेको थियो
टाउको पनि दनदनी
दुखिरहेछ भनिरहेको थियो
चिया पिउन नसक्ने गरि
टाउको ह्याङ भयो भन्दै थियो उ
बढुवाको खुसियालीमा ।
साहुजिको बिल आएपछि
ह्विस्कि र रमको नसाले छोडेछ क्यारे
थाहाँ पायो पछिल्लो महिनाको
तलव पनि तिर्नु पर्ने भएछ ।
प्रमोसनको खुसियालीमा ।
घरमा पुग्दा सानि छोरी र
पिँढिमा रुङेको छोराले उसलाई
बाबा -बाबा बिस्कुट बिस्कुट भन्दै
कोटका गोजा छामिरहेका थिए
उ भने छोराछोरी तिर फर्केर
भोलि ल्याईदिउँला है बिस्कुट
भन्दै फकाइरहेको थियो ।
प्रतिक्रिया