मासिक ५० युनिट निःशुल्क, २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत्

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ १७:३० बजे


काठमाडौँ ।  सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध  गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा  प्रस्तुत गर्दे  सरकारले  वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म निःशुल्क उपलब्ध  गराइने बताएका हुन् । 

नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्‍याउने घोषणा गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यासलाई विद्युत्बाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

२०८० ज्येष्ठ ५ १७:३० बजे

प्रतिक्रिया