२०८० को दशकलाई भ्रमण दशक मनाउने सरकारको घोषणा

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ १७:२४ बजे

काठमाडौँ । सरकारले २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गरेको छ। आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण दशक मनाइने बताएका हुन् । सन् २०२५ लाई पर्यटन प्रवर्द्धन वर्षका रूपमा घोषणा गरिएको छ।

हवाई क्षेत्रलाई सुरक्षित बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्ने उल्लेख गरिएको छ। नेपाल वायु सेवा निगमलाई पुनर्संरचना गर्ने सरकारको नीति रहेको छ ।

निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने उल्लेख नीति तथा कार्यक्रममा गरिएको छ।

२०८० ज्येष्ठ ५ १७:२४ बजे

प्रतिक्रिया