सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी, कसरी मिलाइयो भागबन्डा ?

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ ०९:३० बजे

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीपरिषद् विस्तारको तयारी थालेको छ । सकारमा को-को र कसलाई कुन मन्त्रालय दिने भन्ने सहमति जुटेसँगै सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार हुन लागेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । 

भागबन्डाअनुसार गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली काँग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले बताएका  छन् ।  

काँग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउने गरी भागबन्डा मिलाइएको हो । अढाई वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको जनाइएको छ । 

माओवादी केन्द्रले  कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने भएको छ  । माओवादी केन्द्रले भने सरकारमा को जाने भन्नेमा औपचारिक निर्णय भने गरेको छैन । 

यसैबिच दलहरूबिच भागबन्डा टुङ्गिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको  गर्ने भएका छन् । प्रदेश सरकार निर्माण भएको एक सय दिन बित्दा पनि सरकारले पूर्णता नपाउँदा प्रदेश सरकारको आलोचना भएको थियो । 

नेपाली काँग्रेसले भने सरकारमा को सहभागी हुने भन्ने तय गरेको छैन ।  काँग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकाङ्क्षी देखिएका छन् ।  नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । नाउपाले पनि एक मात्रै मन्त्रालय पाउने भएपछि, नाउपाबाट सरकारमा सहभागी को हुने हो त्यो पनि हेर्न बाँकी रहेको छ । 

२०८० ज्येष्ठ ५ ०९:३० बजे

प्रतिक्रिया