भुटानी शरणार्थी प्रकरण : पुनर्वास माग गर्दै आएका रिजाल शरणार्थी प्रकरणमै पक्राउ 

ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ४ १८:०७ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले टेकनाथ रिजाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको हो ।  रिजाललाई बिहीबार झापाबाट पक्राउ गरिएको हो ।

पछिल्लो समय रिजालले पुनर्वास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको हो। रिजालले भने त्यो पैसा अर्कै सिलसिलामा लिएको बताएका थिए ।

२०८० ज्येष्ठ ४ १८:०७ बजे

प्रतिक्रिया