हज समितिका अध्यक्ष शमशेर मियाँ मन्त्रालयबाटै पक्राउ परे

मियाँलाई सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको जनाइएको छ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ४ १२:४७ बजे

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ मन्त्रालयबाटै पक्राउ परेका छन् । मियाँलाई सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको जनाइएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थालेको थियो ।

 

२०८० ज्येष्ठ ४ १२:४७ बजे

प्रतिक्रिया