डडेल्धुरा अस्पतालकाेअध्यक्षमा सिंह पदभार सम्हालिरहँदा मन्त्रालयबाट ओझा मनोनयन ,विवादमा अध्यक्ष पद 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ २०:४५ बजे

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समाले बेलामा डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेका लक्ष्मण सिंहले आज अध्यक्षको पदभार ग्रहण  गरेका छन् । 

सिंह डडेल्धुरामा अध्यक्षको पदभार सम्हालिरहँदा स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन महाशाखाले भने करुणाकर ओझालाई  मनोनयन गरेको छ । प्रधानमन्त्री प्रचण्डले लक्ष्मण सिंहलाई २०८० /१ \१७ को निर्णय अनुसार उनलाई वैशाख २३ गते बाट लागू हुने गरी अध्यक्षको जिम्मेवारीमा तोकेको थियो । सिंहले मन्त्री स्तरीय बैठकबाट भएको निर्णय अनुसार आज पदभार समालेका हुन् ।

आजै यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा अनुगमन महाशाखाको मन्त्री स्तरीय बैठकले भने करुणाकर ओझालाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरेको छ । बैठकले ओझालाई  डडेल्धुरा अस्पताल विकास समिति(गठन) आदेशको दफा ३ को उपदफा २ अनुसार  ३ वर्षका लागि अध्यक्षमा मनोनीत गरेको छ ।

सिंहले पदभार सम्हालिरहँदा मन्त्रालयले भने अर्कै मानिसलाई मनोनयन गरेपछि डडेल्धुरा अस्पताल विकास समितिको जिम्मेवारी कसको हो  ?  कसले लिने हो ? भन्नेमा अन्योल भएको छ ।  राजनितिक हानथापको मारमा अस्पताल परेको छ । राज्यको विभित्र निकायहरु राजनितिक स्वार्थका कारण धरासय  हुदै आएकाछन।

२०८० ज्येष्ठ ३ २०:४५ बजे

प्रतिक्रिया