चोलेन्द्रको निलम्बन फुकुवा पत्रको विवादमा सर्वोच्चद्वारा बहस नोट माग

सङ्घीय सांसदका महासचिव भरतराज गौतमले गत मङ्सिर मा एक चौथाइ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका कारण निलम्बनमा परेका जबराको निलम्बन फुकुवा हुने भनी पत्र लेखेका थिए

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ १७:२७ बजे

काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग निलम्बन फुकुवा भएको भन्दै सङ्घीय सांसदका महासचिवले लेखेको पत्रको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बहस नोट मागेको छ । सर्वोच्चले दुवै पक्षसँग बहस नोट मागेको हो ।

सङ्घीय सांसदका महासचिव भरतराज गौतमले गत मङ्सिर मा एक चौथाइ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका कारण निलम्बनमा परेका जबराको निलम्बन फुकुवा हुने भनी पत्र लेखेका थिए ।

त्यही पत्राचार विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षबाट बहस नोट मगाउने आदेश गरेको हो । त्यही मुद्दामा सर्वोच्च अदालतले बहस नोट मगाएको हो ।

२०८० ज्येष्ठ ३ १७:२७ बजे

प्रतिक्रिया