नवनियुक्त अध्यक्षध्दारा पदभार ग्रहण

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ १५:५२ बजे


डडेल्धुरा। नेपाल सरकार वाट डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा नयाँ नियुक्त हुनु भएका लक्ष्मण सिहले आज  अध्यक्षको पदभार ग्रहण गर्नु भएको छ। डडेल्धुरा अस्पतालमा उहाँ लाइ अस्पतालका कर्मचारी ,समाजसेवी, सेवाग्राहीहरुले फुलमाल लगाएर स्वागत गरेका थिए। अध्यक्ष सिहले पदभार ग्रहरण गर्दै अस्पताल वाट प्रवाह हुने सेवा प्रभावकारी र गुणस्तरिय वनाइने , अस्पतालमा अनुशासन ,पारदशिता कायम गर्न सवै कर्मचारी, सेवाग्राही ,राजनितिक दल , समाजसेवी र निवर्तमान समितिको सल्लाह सहयोगको आवश्यकता रहने कुरा वताउनु भयो।

सवै पक्षको सल्लाह, सहयोगले नै अस्पताल वाट उच्चस्तरिय सेवा प्रवाह गर्न सकिने छ। अस्पतालको सर्वोपरि हित लाइ केन्द्रमा राखेर इमान्दारिता साथ काम अगाडी वढाउने कुरा उहाँले वताउनु भयो।


२०८० ज्येष्ठ ३ १५:५२ बजे

प्रतिक्रिया