कामीरिता २७ औँ पटक सगरमाथा शिखरमा, बनाए नयाँ किर्तिमानी 

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा  शिखरको चुचुरो चढेका थिए

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ ११:२५ बजे

काठमाडौँ । किर्तिमानी आरोही कामीरिता शेर्पा २७ औँ पटक सगरमाथा शिखरेको चुचुरोमा पुग्न सफल भएका छन् । शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका जनाइएको छ । उनी एक जना विदेशीको साथमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । 

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरे सँगै नयाँ किर्तिमानी बनाएका हुन् ।

आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा  शिखरको चुचुरो चढेका थिए । 

२०८० ज्येष्ठ ३ ११:२५ बजे

प्रतिक्रिया