तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १८:३३ बजे

काठमाडौँ । सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ।आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय  भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । 

२०८० ज्येष्ठ २ १८:३३ बजे

प्रतिक्रिया