रेशम चौधरीलाई जन्मकैद सजाय , उच्च अदालत दिपायलको फैसला नै सदर

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १७:३३ बजे

काठमाडौँ । सर्वोच्च अदालतले २०७२ सालको टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्व डा।आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई उच्च अदालत दिपायलले गरेको फैसाला नै सदर हुने गरी नै जन्म कैदको फैसला सदर गरेका हुन् ।   

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मङ्गलवार समेत त्यसलाई निरन्तरता दिएको हो ।

यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । यो मुद्दामा सरकारी पक्षले भने उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेको छैन ।

२०८० ज्येष्ठ २ १७:३३ बजे

प्रतिक्रिया