नक्कली शरणार्थी प्रकरणमा प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १४:०२ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा शौचालयमा लडेर घाइते भएका छन् । मङ्गलवार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेको हो । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जनाइएको छ । उनी एक्कासि शौचालयमा लडेका प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् रामेछापका आङटावा शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको पाइएको छ ।

२०८० ज्येष्ठ २ १४:०२ बजे

प्रतिक्रिया