नक्कली शरणार्थी प्रकरणले सक्कली शरणार्थी मारमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाही हुनुपर्ने माग

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १२:५५ बजे
सक्कली शरणार्थी

काठमाडौँ । नेपालमा रहेका भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफुहरु मारका परेको बताएका छन् ।भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै आफूहरूको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा मारमा परेको बताएका छन् ।

नवीकरणमा ढिलासुस्ती गरेर गैर भुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशङ्कासमेत राईले भएको भन्दै अविलम्ब परिचयपत्र वितरण गर्न माग गरेका छन् । साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूलाई कारबाही हुनुपर्ने माग समेत राखेका छन् ।

भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष राईले स्वदेश फिर्ती र परिवार मिलनको प्रतीक्षामा रहेका ६ हजार ५०० र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यानमा राख्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । भुटानी शरणार्थी हरुको समास्या दिर्घकालीन रुपमा समाधान गर्ने गरी सरकार र अन्य पक्षहरु लाग्नु पर्ने बताएका छन् । 

२०८० ज्येष्ठ २ १२:५५ बजे

प्रतिक्रिया