घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरपालिकाको निर्देशन

तोकिएको मितिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ ११:१२ बजे
ललितपुर महानगरपालिका

काठमाडौँ । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ । महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गाको अतिक्रमण हुने गरी  सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको हो ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिँड्न अवरोध हुने भएकोले ३५ दिनभित्र त्यस्ता गेटहरू रहेको सुधार गर्ने निर्देशन दिएको छ । तोकिएको मितिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने महानगरपालिकाले सूचना मार्फत जनाएको छ ।

२०८० ज्येष्ठ २ ११:१२ बजे

प्रतिक्रिया