छानबिनको आवश्यकता !

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १०:१५ बजे

बुटवल । नेपालकै ठुला यातायात व्यवसायीहरुको संस्थाहरू मध्येको  पश्चिम नेपाल यातायात व्यवसायी प्राली  एक हो। नामले यो संस्था निकै सुन्दर  जस्तो पनि लाग्छ । तर  यसको आन्तरिक पाटो निकै कमजोर र अव्यवस्थित अपारदर्शी छ भन्ने चर्चा बेलाबेलामा चल्ने गरेकै छ। अहिले त्यसका आन्तरिक पाटा सतहमा आउन थालेका छन् । त्यो संस्थामा वर्षौसम्म काम गरेका सयौँ कर्मचारीहरू प्रालिका कारण  अहिले आफूहरू अलपत्र परेको गुनासो गर्न थालेका छन् । आफूहरूले  विभिन्न मजदुर सङ्गठन, श्रम कार्यालयहरूमा मुद्दा हाल्दा समेत त्यसको सुनुवाइ हुन नसकेको बताउँछन् ।

३० औँ  वर्ष बढी ऊर्जावान् समय   एउटै संस्थामा खर्च गरेका मजदुरहरूको भविष्य अहिले अन्धकार बन्दै छ । पारिवारिक जोहो गर्दै   उज्ज्वल भविष्य निर्माणको चाहना राखेर  पश्चिम नेपाल बस व्यवसायी प्रालिमा योगदान दिएका सयौँ कर्मचारी अलपत्र पर्नु वा पारिनु निकै दुःखद कुरा हो।

२०४९ सालदेखि स्थापित यो संस्थाले कुनै बेला सयौँको सङ्ख्यामा कौडेमुन्द्रेहरु पालेर राखेको थियो। तिनीहरूको काम बस बिसौनीमा उभिएका प्रत्येक आम नागरिकहरू लाई पश्चिम नेपाल बस व्यवसायी सङ्घका  यातायातमा चढाउने र यातायात धनीबाट  कमिसन असुल्ने हुन्थ्यो । त्यस्का साथै यस क्षेत्रमा अर्को कुनै बस व्यवसायी संस्था दर्ता रोक्नु थियो । कुनै हालत दर्ता रोक्न सकिएन  भने  त्यो आफू बाहेकको यातायात व्यवसायी का साधनमा यात्रुलाई चढ्नबाट रोक्नु , ती यातायातका धनी , चालक , सहचालक एवं यात्रुलाई समेत कुटपिट गर्ने , तर्साउने , अभद्र व्यवहार प्रदर्शन गर्ने र अर्को यातायात वा व्यवसायी संस्थालाइ निरुत्साहित गर्ने प्रयोजनका लागि मात्रै ठुलो सङ्ख्यामा गुन्डा प्रयोग गरिन्थ्यो । जब प्रालिमा  लग्ने निर्णय भयो त्यस यता भने उक्त  हर्कत केही हदसम्म कम भएता पनि पुरै बन्द भएका छैनन् । तर अहिले सञ्चालकहरूले  यो संस्थालाई केवल मालिकहरूको संस्थामा परिणत गराएको  गुनासो  कर्मचारी स्वयंले गर्दै आएका छन्  । आफ्नो पिडा सुनाउँदै एक कर्मचारीले नाम  नबताउने सर्तमा भने सङ्घबाट प्रालिमा  लगिदा सामूहिक राजीनामा मागेर कर्मचारीहरूलाई अलपत्र पारियो  यसरी वैधानिक रूपले नै हामीलाई ठगिएको छ। ‘एक हातमा राजीनामा अर्को हातमा नियुक्ति भनेर झुक्क्याउने  काम भयो । हामीलाई उति बेला  दुई फाराम दिएर एउटा राजीनामा र अर्को नियुक्ति पत्र भर्न लगाइएको थियो,राजीनामा कार्यान्वयन भयो नियुक्ति पत्र कार्यान्वयन भएन । गत  ३ वर्ष यता  तलब राख्न छोडेको समेत बिम्ब अनलाइनलाई केही कर्मचारीले बताउदै आएका छन् ।

राजनीतिक मिलेमतोमै नेतृत्वमा पुग्ने गरेको यो  संस्थामा तीन ठुला पार्टीका कार्यकर्ताहरु नै पालैपालो  पटक पटक अध्यक्ष बन्दै आएका छन् । अध्यक्ष बन्ने बेलामा मजदुरको पक्षमा बोल्ने ,पार्टी लोगो बोकेर हिँड्ने जितेपछि पार्टीलाई समेत गाली गर्ने , कर्मचारीको विषयमा गम्भीर नबन्ने र सामाजिक उत्तरदायित्व समेत बाट पन्छिँदै जान थालेको छन्। केन्द्रमा जस्तै यहाँ पनि सम्पूर्ण कामकारबाहीमा राजनीतिक मिलेमतो मा हुने गर्दै आएको छ, यसरी व्यावसायिक संस्थामा समेत राजनीतिक मिलेमतोमा निहित स्वार्थमा चल्दा यो अवस्था आएको एक व्यवसायीको  दाबी छ । 

विगत २४ वर्षयता  लगातार  सेवा गरेका एक जना कर्मचारी उद्देश्य भन्दा बाहिर गएर काम हुँदै आएको बताउँछ । अहिले यो संस्थामा कर्मचारी र  व्यवसायीको हकहितभन्दा पनि सञ्चालकहरूको स्वार्थमा काम हुने गरेको  गुनासो व्यावसायिक सदस्यले समेत गर्दै  आएका छन्  । व्यावसायिहरुबाट उठाइने रकमको चरम दुरुपयोग हुँदै आएको छ।विभिन्न शीर्षकको रकम , रकमान्तर गरी दुरुपयोग गर्ने वा बिल भौचर  मिलाएर खाने काम हुँदै आएको जस्ता गम्भीर कुराहरू सतहमा आउन थालेका छन्।  यस्ता सङ्घ संस्थाको नेतृत्वमा आफ्ना मान्छे पुगेमा मोटो रकम चन्दा पाइने गरेको हुँदा पनि पार्टीहरूले आफ्ना कार्यकर्तालाई पदासीन गराउन मरिहत्ते गर्ने गरेका छन् ।  ठुला पार्टीका कार्यकर्ता अध्यक्ष , महासचिव जस्ता पदमा पुगेपछि ठुला पार्टीहरू लाई लाखौँ चन्दा दिने गरेको तर साना पार्टीहरूले चन्दा माग्दा आफूहरूले कुनै पार्टी लाई पनि चन्दा नदिने गरेको तर्क गर्दै  उम्किने काम गर्ने गरेको कुरा   एक कर्मचारी बत्ताउँछन् । साथै उनले भने  आफू गलत कामको विरोध गर्दा  पटक पटक सरुवामा पर्नु परेको छ। सङ्घमा नयाँ गाडी भित्राउँदा व्यवसायीहरूले सरकारका सबै निकायहरूमा तिर्नुपर्ने सबै शुल्क चुक्ता गरेपछि पुनः यो संस्थाइ  ५ लाख रुपैयाँ नगद बुझाए मात्रै सदस्यता प्राप्त हुने कडा सर्त छ ।  त्यस पछि रुट प्राप्तिमै लाखौँ को चलखेल हुने गर्दछ। यसरी  व्यवसायीलाई नै धराशायी पार्ने र  आत्महत्या सम्मको कदम उठाउनुपर्ने स्थिति पैदा हुँदै आएको हुनाले यो संस्थामाथि  छानबिन गरी कारबाहि हुन जरुरी भएको कुरा ने.क.पा.(मशाल) रुपन्देहीका प्रवक्ता बाबुराम आचार्य ले बताए।

प्रालिमा शाखा निरीक्षक पदमा कार्यरत बुटवलका एक कर्मचारी राम्रो सेवा गर्दा बढुवा हुनुपर्नेमा उल्टो काम हुने गरेको बताउँछन् । शाखा निरीक्षकबाट शाखा प्रमुखमा घटुवा भएको उनले बताए । ‘संस्था बचाउन योगदान गरेबापत उल्टो मारमा परियो ।’–उनले भने । लामो समय देखी यहाँ योगदान पुर्‍याएका धेरै कर्मचारी को  भविष्य अन्योलग्रस्त बनेको छ। ।उनीहरू मध्येका एक ले  भने  ‘अब उमेरले नेटो काट्यो  अन्त जागिर कहाँ खोज्ने हो रु’ भन्दै प्रति प्रश्न गर्छन् ।अहिले रुटमा हिँड्ने बस व्यवसायीहरुबाट उठ्ने ५ प्रतिशत नै कर्मचारीहरूको आयस्रोत भएको छ ।

सङ्घ हुँदा अस्थायी, बुकिङ सहयोग, करार र स्थायी समेत गरी ६ सय बढी कर्मचारी कार्यरत थिए ।यो प्रालिको आम्दानी औसतमा घटेको छैन । नयाँ बस पनि भित्रिएका छन्। अहिले प्रालिको मुख्य कार्यालयमा ३० जना, विभिन्न काउन्टरहरूमा १० जना गरी ४० जना पहुँचका भरमा नियुक्ति पत्र लिएका कर्मचारीहरू छन् । यसबाहेक कुनै कर्मचारीले नियुक्ति पाएका छैनन् । जसमा अधिकांस संस्थाको स्थापना कालदेखि कार्यरत कर्मचारी छन् । पश्चिम क्षेत्रकै ठुलो यातायात व्यवसायीहरूको संस्था पश्चिम नेपाल यातायात व्यवसायी प्राली बाहिर सुन्दा जति सुन्दर लाग्छ त्यस अनुसारको आन्तरिक व्यवस्थापन भने चुस्त दुरुस्त छैन । व्यवसायीहरू हकहितमा काम गर्ने भनिए पनि मर्यादित पेसा बनाउन नसकिएको गुनासो स्वयं  व्यवसायीहरू  बताउँछन ।


२०८० ज्येष्ठ २ १०:१५ बजे

प्रतिक्रिया