आउने तिन दिन ठूलो पानी पर्ने सम्भावना कम

आउने तिन दिन ठूलो पानी पर्ने सम्भावना कम

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० ०८:२३ बजे
मौसम

 काठमाडौं ।  काठमाडौंको मौसम  बिहानैदेखि खुलेर घमाइलो भएको हो ।  काठामाडौं  उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा  आज घाम लागेको  छ ।  मौसमविद् सञ्जीव अधिकारीका अनुसार  प्रदेश(१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका भने धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ । भरे राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अधिकारीले बताउनुभयो । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना नरहेको हो।  

२०७९ साउन ३० ०८:२३ बजे

प्रतिक्रिया