काठमाडौं । रुपन्देहिमा गोली चल्दा एक जना युवा घाइते भएको छन् । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको हो । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका हुन् ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल) बाट पैसा लुटेर भागेका रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताएका छन् । । प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको एसपी रेग्मीले बताए । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जनाएका छन् ।
घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । विकास भन्सारमा सामान पास गराउने काम गर्दै आएका थिए ।
प्रतिक्रिया