मोरङको राठी इन्डष्ट्रिजमा आगलागी

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २९ ०९:२३ बजे

काठमाडौँ ।  मोरङको बूढीगंगास्थित बिजुलीका बल्ब र स्वीच उत्पादन गर्ने एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो ।  

शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०८० वैशाख २९ ०९:२३ बजे

प्रतिक्रिया