डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिह मनोनित

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २८ १५:४४ बजे

डडेल्धुरा। नेपाल सरकारको मातहतमा सञ्चालन हुने गरि केन्द्रिय स्तरको अस्पतालका रुपमा  रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिह लाइ नेपाल सरकारले मनोनित गरेको छ।

नेपाल सरकार प्रधानमत्री एव स्वास्थ्य तथा जनसख्यामत्री स्तरिय मिति २०८० वैशाख १७ गतेको निर्णय अनुसार मिति २०८०वैशाख २३ गते देखि लागु हुने गरी लक्ष्मण सिह लाइ अध्यक्ष  पदमा मनोनित गरिएको छ। अध्यक्षमा नियुक्त भएको तिन वर्ष अर्थात २०८३ वैशाख २२ गते सम्म तिन वर्षको कार्यकाल उहाँको रहेनछ। 

लक्ष्मण सिह विगतमा पनि डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष भए कामकाज गरेको अनुभव  रहनुका साथै अस्पताल वाट गुणस्तरिय सेवा प्रवाह गरि  उन्नत  अस्पताल वनाएको  भन्ने जनविश्वास रहेको छ।

सुदुर पश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताल सुदुरपश्चिमकै ठुलो र स्तरिय अस्पताल वनाउन लागेका छन। सुदुरपश्चिम विश्वविधालयले डडेल्धुरा अस्पताल लाइ  मेडिकल कलेज सञ्चालन गर्ने भनि स्वास्थ्य विज्ञान डिनको कार्यालय डडेल्धुरामा स्थापना गरेको छ।


२०८० वैशाख २८ १५:४४ बजे

प्रतिक्रिया