वैदेशिक रोजगारका माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २८ १५:३९ बजे

काठमाडौँ । सरकारले वैदेशिक रोजगारका कामदार भर्तीका लागि श्रमिकको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन गर्नुपर्ने प्रस्ताव गरिएको छ । 

कम्पनीको वेबसाइटपोर्टलहरु खोज्न नसक्ने श्रमिकहरू सूचनाबाट नै वञ्चित हुने गरी सरकारले पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।सोही दिन विज्ञापन प्रकाशित भएको जानकारी भने वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाले श्रमिकहरू कामदार मागबारेका सूचना लिन प्रत्येक कम्पनीको वेबसाइटमा पुग्नुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ ।

 

२०८० वैशाख २८ १५:३९ बजे

प्रतिक्रिया