काठमाडौँ । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएपछि स्थानीयहरूले विरोध जनाएका छन् । होटेलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौँमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधवार ११ बजेतिरको घटना हो । ग्राहकको रूपमा होटेलमा आएका विनोद र होटेल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको छानबिनका लागि होटेल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई नियन्त्रणमा लिएको छ । होटेलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशूली सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरूले होटेल सञ्चालकको गाडी पनि जलाएका छन् ।
प्रतिक्रिया