खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न पदाधिकारी बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २८ ११:१३ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ गरेपछि  नेपाली काँग्रेसमा  हलचल भएको छ ।  खाँण विषयमा निर्णय लिनका  लागि पार्टी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए । तर प्रकाउ  परेका खाँणलाई निलम्बन गर्ने वा नगर्ने विषमा  केही पनि निर्णय हुन सकेन ।

नेपाली काँग्रेसको आज पनि धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे खाँणका विषयमा छलफल गर्नेका लागि पदाधिकारी बैठक बोलाइएको छ ।  

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधवार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले तीन दिनको म्याद दिएको छ । खाँण पक्राउ परे लगत्तै देउवाले खाँण निकटका काँग्रेस नेताहरूसँग छलफल गरेका थिए ।

२०८० वैशाख २८ ११:१३ बजे

प्रतिक्रिया