सामान्य विवाद हुँदा छुरा हानेर हत्या

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २८ १०:३७ बजे

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटेलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।

बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटेल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका प्रहरी  जनाएको छ । आरोपितलाई राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाजा खाएपछि होटेल सञ्चालकसित पैसा तिर्ने बेला भनाभन भएपछि खुकुरी प्रहार गरिएको जनाइएको छ ।  खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबिच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फरार भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा ज्यान गएको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

२०८० वैशाख २८ १०:३७ बजे

प्रतिक्रिया