आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको जना मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २७ ०९:११ बजे
आगो

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको ज्यान गएको छ । मङ्गलवार दिउँसो भूमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो ।

आगलागीमा परी घाइते भएकालाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो । पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएकोमा उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा तीनैजनाको बाटोमै ज्यान गएको हो । घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

२०८० वैशाख २७ ०९:११ बजे

प्रतिक्रिया