स्थानीय समुदायलाई जबाफदेही बनाउन सडक नाटक प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २७ ०९:०२ बजे

ढल्केवर, धनुषा । राष्ट्रिय कानुन दिवसको अवसरमा मङ्गलवार धनुषाको मिथिला नगरपालिका५ मा स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन सडक नाटक प्रदर्शन गरिएको छ । मिथिला नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको रामलक्ष्मण चौकमा बाल अधिकार सचेतना समूहले सडक नाटक प्रदर्शन गरेको छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश द्वारा मिथिला नगरपालिका २ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरेको बाल अधिकार सचेतना समूहले स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन सडक नाटक प्रदर्शन गरिएको कुरा बाल अधिकार सचेतना समूह मधेस प्रदेश सचिव राज यादवले बताउनुभयो।

ईन्सेक मधेस प्रदेशको सहयोगमा बाल अधिकार सचेतना समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न सयोंको सङ्ख्यामा स्थानीयहरूको भीड लागेको थियो । सडक नाटक हेर्न मिथिला नगरपालिका ९ ५ का वडा अध्यक्ष रामचन्द्र महतो, वडा सचिव सत्यमान थिङ्ग लगायतको समेत उपस्थिति रहेको थियो । नाटकमा जनता मा।वि। नक्टाझिजका बाल अधिकार समूहका कलाकारहरू धमेन्द्र कुमार महतो, श्रवण यादव, जयप्रकाश महतो, ललित कुमार महतो, प्रिन्स कुमार सिंह, सुलोचना सिन्हा र सुजिता कुमारी महतो लगायतले समुदायमा सचेतनाका लागि दमदार अभिनय गरेका थिए ।

सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरूले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, छुवाछुत, मानवीय उपचारमा हुने लापरबाही, वातावरणीय सरसफाइ, विभिन्न हिंसा तथा विसङ्गति विरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको सहयोगी संस्था ईन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले जानकारी दिनुभयो ।

यता सो सडक नाटक हेरेपछि मिथिला नगरपालिका ५ का वडा अध्यक्ष रामचन्द्र महतोले समाजमा व्याप्त रहेको विभिन्न भेदभाव, छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्वारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्त्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनुभयो ।

२०८० वैशाख २७ ०९:०२ बजे

प्रतिक्रिया