स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २७ ०८:३१ बजे
स्थानीय वायु

काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बुधवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोसी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू९भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।बिहीबार राती देशभर मौसम सामान्यतया सफा रहने छ।

शुक्रवार दिउँसो कोसी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रवार राती देशभर मौसम सामान्यतया सफा रहने छ।

चेतावनी तथा परामर्श

कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०८० वैशाख २७ ०८:३१ बजे

प्रतिक्रिया