अमेरीकी पुर्वराष्टपति टृम्प यौन दुराचारी ठहर

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २७ ०८:१६ बजे

विविसी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् ।उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ ।ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्‍याएको छैन ।

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।लेखिका केरलले सन् १९१९ मा प्रकाशित गरेको एक पुस्तकमा ट्रम्पले आफूलाई गरेका दुर्व्यवहारबारे उल्लेख गरेकी थिइन् ।

पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ ।


२०८० वैशाख २७ ०८:१६ बजे

प्रतिक्रिया