डडेल्धुरामा अस्पतालको लापरबाहीका कारण एक बालीकाको मृत्यु 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २६ २२:४४ बजे

डम्मर धामी, डडेल्धुरा । परशुराम नगरपालिका वडा -८ गुप्तीगडाकी सङ्गीता धामी (अन्दाजी १३ वर्षकी) राती देखी पखाला लागेको कारणले आज मङ्गलवार बिहान नगरपालिकाको अस्पताल जोगबुढा अस्पताल गइन् । उनी अस्पताल जाँदा सामान्य रहेकी थिइन्। उपचारका क्रममा जोगबुढा अस्पताल पुग्दा अस्पतालका डाक्टरहरूले अवस्था सामान्य भएको र त्यसको उपचार हुने बताए ।

सङ्गीताको उपचारबाट निको हुनुको साटो झन् बिरामी हुँदै गइन् । उनको अवस्था नाजुक बनेपछि अस्पतालले साँझ करिब ५ बजे तिर उनलाई उपचार गर्न नसकिने भन्दै  धनगढीका  लागी रिफर गर्‍यो । उनलाई धनगढीका लागी रिफर गरे पनि उनलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । अस्पताललाई बिरामीका आफन्तले बिहानै उपचार हुन नसक्ने भए हामी अर्को अस्पताल  लैजान्छौँ भन्दा अस्पतालले भने रोग सामान्य भएको र आफूहरूले नै उपचार गर्ने बताए ।

उनको थप उपचारका लागि धनगढी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि उनका आफन्तहरूले भने सङ्गीताको शवलाई अस्पताल अगाडि राखेर विरोध जनाएका छन् । यता अस्पतालले भने आफूले सक्दो उपचार गरेको र आफूहरूको कुनै गल्ती नभएको भन्दै शव बुझेर लिन भनेको छ । आफन्तहरूले भने सङ्गीताको मृत्यु हुनुमा अस्पतालको हात रहेको भन्दै शवको जिम्मा अस्पतालले लिनुपर्ने माग राखेका छन् ।

सङ्गीता बिरामी हुन भन्दा पहिला उनकी बहिनीलाई पनि पखाला लागेको थियो उनकी बहिनीको भने सामान्य उपचारबाट निको भएको थियो । मृतक सङ्गीताकी आमाको एक वर्ष पहिले रुखबाट खसेर मृत्यु भएको थियो । सङ्गीता बुवा वैदेशिकरोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । उनका बुवा मलेसिया गएको पनि  ५\६ महिना मात्रै भएको छ ।

२०८० वैशाख २६ २२:४४ बजे

प्रतिक्रिया