आजबाट कक्षा १२ को परीक्षा सुरु

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २६ ०८:४५ बजे
कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । देश भरीमा आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।  यस वर्षको परीक्षामा यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

परीक्षाका लागि १, ४५३ परीक्षा केन्द्रहरू तोकिएका छन्। परीक्षा जेठ ५ गतेसम्म हुनेछ। १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन्। सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन गरिएको छ । 

परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिनेछन् । यो भन्दाअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा सोही वर्ष मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो।

२०८० वैशाख २६ ०८:४५ बजे

प्रतिक्रिया