पदाधिकारी नियुक्त हुन नसक्दा रेजिडेन्ट चिकित्सकहरूको तीन महिनादेखि निर्वाह भत्ता रोकियो

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २६ ०७:४० बजे
निर्वाह भत्ता

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा पदाधिकारी नियुक्त हुन नसक्दा रेजिडेन्ट चिकित्सकहरूले तीन महिनादेखि निर्वाह भत्ता रोकिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा गत फागुनदेखि नै उपकुलपतिलगायतका पदाधिकारीको पद रिक्त  रहेकाले चिकित्सकहरूले निर्वाह भत्ता पाउन नसकेका हुन् । 

न्याम्सका उपकुलपति डा. डिएन शाह, रेक्टर प्राडा सुबोध अधिकारी, रजिस्ट्रार प्रमिला देवान र डिन डा.पीयूष दाहालको कार्यकाल फागुन महिनादेखि सकिएपछि ती पदमा अहिलेसम्म कोही पनि रहेको छैन । समयमा नै भत्ता नपाएपछि  चिकित्सकहरूले  आफ्नो दैनिकीमा समस्या थपिँदै गएको बताएका छन्  ।  

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले न्याम्समा पदाधिकारी नियुक्त नहुँदा रेजिडेन्ट चिकित्सकको निर्वाह भत्ता रोकिएको बताएका छन् ।   वीरमा पदाधिकारी नहुँदा तालिम तथा  महत्त्वपूर्ण शैक्षिक  कार्यक्रम सञ्चालनमा पनि असर परेको पौडेलले बताएका छन् ।  

२०८० वैशाख २६ ०७:४० बजे

प्रतिक्रिया