प्रधानन्यायधिसको सिफारिस -आज हुने सम्भावना

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २५ ११:०२ बजे

काठमाडौं ।सँवैधानिक परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्।परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गरी नियुक्तिको  लागी निर्णय गर्ने बताइएको छ। यसअघि वैशाख ६ गते बसेको परिषद्‍को बैठकमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन।उपसभामुख इन्दिरा राना मगरले सोमबारको बैठक अघिल्लो बैठकको निरन्तरता भएको बताएकी छिन्। बैठकका अन्य कार्यसूचीबारे केही नभनिएको उनले बताइन्। 

सर्वोच्च अदालत केही महिनादेखि नै कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको छ। यसका कारण संवैधानिक परिषद्‍लाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब छ।परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

नेपाल वार ले प्रधान न्यायधिसको नियुक्ति लगायतका माग राखि एक साता देखि आन्दोलन गर्दै आएको छ।



  

२०८० वैशाख २५ ११:०२ बजे

प्रतिक्रिया