संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २२ १४:०८ बजे
हेलिकप्टर दुर्घटना

काठमाडौँ । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाम परेको छ । सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको बताएका छन् । घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको उनले बताएका छन् ।

२०८० वैशाख २२ १४:०८ बजे

प्रतिक्रिया