सन्दीप रायमाझीलाई आज अदालत पेस गरिँदै

अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौँमा पेस गरिने लागेको हो

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २१ ०९:३९ बजे
सन्दीप रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई आज अदालतमा पेस  गरिने भएको छ । उनी टोपबहादुर रायमाझीका छोरा हुन् ।

बुधवार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौँ ल्याउने र अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौँमा पेस गरिने लागेको हो । 

नेकपा एमालेका सचिव एवम् अर्घाखाँची- १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधवार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधवार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८० वैशाख २१ ०९:३९ बजे

प्रतिक्रिया