उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ नक्कली शरणार्थी बनाउने गिरोमा खैलावैला

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २० १४:३८ बजे
टेक नारायण पाण्डे

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई पक्राउ गरेको हो ।आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई केहीबेर अघि पक्राउ गरेको हो ।अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । गृह मन्त्रालयको सचिव भएकै समयमा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए।

उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका हुन् । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

कथित सुरक्षाविद् इन्द्रजीत राई पक्राउ, तिनका छोरा निरज राइविरुद्ध पक्राउ पूर्जी, उनी फरार  रहेको  वताइन्छ। एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा, एमाले सचिव तथा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र तिनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी  भएको छ। नेपाली नागरिकलाई भुटानी नागरिक बनाएर विदेश पठाउने गिरोहमा को पर्दापास हुदै छ भने राज्य पदको दुरउपयोग गरेर व्यतिगत फाइदाका लागी यो देशका नेता कर्मचारीहरु कुन हद सम्मको काम गर्दा रहेछन भन्ने कुरा यो घटना ले प्रष्ट भएको छ। रामवहादुर थापा र टोप वहादुर राइमाझि माओवादी केन्द्र को नेता भएको समयमा यो काम गरेको आरोप छ।


२०८० वैशाख २० १४:३८ बजे

प्रतिक्रिया