दार्चुला हिमपहिरो : सात जनाको उद्धार, पाँच अझै बेपत्ता

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १९ २०:४२ बजे

काठमाडौँ । दार्चुलामा  हिमपहिरोमा परेका बेपत्ता भएकाहरू १२ जनामध्ये सात जनालाई प्रहरीले उद्धार गरिएको छ । सात जनाको जीवितै उद्धार गरिएको हो । प्रहरीका अनुसार बेपत्ता भएकाहरूमा अझै पनि पाँच जना भने अझै  भेटिएका छैनन् । 

मङ्गलवार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । यार्सागुम्बा सङ्कलन गर्न गएका बेला एक्कासि हिमपहिरो परेर स्थानीयहरू बेपत्ता भएका हुन् । 

मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो। यार्सा सङ्कलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको हो । केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरूमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।

२०८० वैशाख १९ २०:४२ बजे

प्रतिक्रिया