प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारको लगातार प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १९ १६:०४ बजे
नेपाल बार एशाेसिएशन

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशाेसिएशनले तेस्रो दिन आज पनि विरोध प्रदर्शन गरेको छ । नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो ।

नेपाल बार एशाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् । उनले भने , ‘बार एसोसिएसनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ । त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन सुरु गर्नेछ।’

कानुन व्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध गरिएको छ । 

२०८० वैशाख १९ १६:०४ बजे

प्रतिक्रिया