नेपाल र युएईबिचको फाइनल खेल मङ्गलवारसम्मका लागि  रोकियाे ,  अहिलेकै अवस्थाबाट सुरु हुने 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १८ १५:३९ बजे
काठमाडौँ । जारी एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबिचको फाइनल खेल वर्षाका कारण भोलि मङ्गलवारसम्मका लागि स्थगित भएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा  खेल रोकिएको हो ।
 
स्थगित खेल आजकै स्थितिबाट खेल सुरु हुनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार भोलि आजकै स्थितिबाट युएईको (१०६-२७.३ ओभर) ब्याटिङ सुरु हुनेछ।
 
भोलिको खेल पनि वर्षाले अवरुद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्ने भएको छ  ।  यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ। एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।
 
२०८० वैशाख १८ १५:३९ बजे

प्रतिक्रिया