लुटपाट गर्ने क्रममा निराको हत्या !

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ १६:०६ बजे

काठमाडौँ । सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या भएकोमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । पहर प्रहरीले उक्त हत्या चोरी लुटपाट गर्ने क्रममा भएको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको जनाएका छन् ।  

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिवार पक्राउ गरेको छ ।  पक्राउ परेका विनोद बिककलाई  प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको  प्रहरीले जनाएको छ । 

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट लुटपाटका क्रममा  हत्या गरिएको पाइएको तर घटनाबारे थप अनुसन्धान भइरहेको छ । बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए ।

२०८० वैशाख १७ १६:०६ बजे

प्रतिक्रिया