महावीर पुनको मागमा सरकारले वार्ता टोली बनाएर भोलिसम्म समस्याको समाधान गर्ने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ १५:३३ बजे

काठमाडौँ । सरकारले धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग छलफल गरेको छ। आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र सोमबारभित्र  समस्याको समाधान गर्ने समझदारी भएको हो ।  रक्षा मन्त्री पूर्णबहादुर खड्का र पुनलगायत बिच सिंहदरबारमा आज दिउँसो  छलफल भएको हो ।

छलफल पछि महावीर पुनले आफूहरूका मागप्रति सरकार सकारात्मक रहेको बताएका थिए । उनले भने , ‘दुवै तर्फबाट वार्ता टोली बनाउने सहमति भएको छ। आज अपराह्न ५ बजेसम्म वार्ता टोली बन्छ र राति वा भोलिसम्म सहमति होला । सरकारले माग सम्बोधन गर्न खोजेको देखिन्छ।’

उपप्रधानमन्त्री खड्कासँग छलफल भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पटक फोन गरेकोसमेत पुनले बताए। पुनले आविष्कारका क्षेत्रमा सरकारले कम्तीमा १ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेजस्ता माग राखेर ३ दिनदेखि धर्ना गरिरहेका छन्।

२०८० वैशाख १७ १५:३३ बजे

प्रतिक्रिया