गैरसरकारी संस्थाले २८ वर्षसम्म कब्जामा लिएर अनधिकृत रूपमा बनाएको भौतिक संरचनामा डोजर

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ १४:२५ बजे

काठमाडौँ । बारामा एक गैरसरकारी संस्था (एनजीओ) ले २८ वर्षसम्म सार्वजनिक जग्गा आफ्नो कब्जामा लिएर अनधिकृत रूपमा बनाएको भौतिक संरचनामा डोजर लगाएर हटाइएको छ । जीतपुर–सिमरा उपमहानगरपालिकाले आइतबार डोजर लगाएर उक्त संरचना हटाएको हो ।

करिब १५ वटा सटर र केही होटेल तथा कच्ची संरचनामा डोजर  चलाइएको हो । एनजीओको कब्जामा रहेको जग्गामा बनेका अनधिकृत संरचना भत्काएर सो जग्गा सरकारी स्वामित्वमा ल्याइएको हो ।

उपमहानगरपालिकाका अनुसार २०५२ सालमा ‘वीरगञ्ज जीतपुर गौशाला’ नामको एक गैरसरकारी संस्था दर्ता गरेर जीतपुरको मुख्य बजारको करिब एक बिगाहा सार्वजनिक जग्गा भोग चलन हुँदै आएको थियो ।

२०८० वैशाख १७ १४:२५ बजे

प्रतिक्रिया