चट्याङ लागेर एक महिलाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ ०८:४८ बजे

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । शनिवार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोप डाँडाकी ५७ बर्षीया देवमाया बुढाथोकीको ज्यान गएको हो । 

घरभित्रै बसिरहेकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो । उपचारको लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएकको छ ।  

२०८० वैशाख १७ ०८:४८ बजे

प्रतिक्रिया