पहाडमा वर्षा र तराईमा हावाहुरी

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ ०८:४३ बजे

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ । आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एकरदुई मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षा भएको छ ।

सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई(मधेशका एक(दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०८० वैशाख १७ ०८:४३ बजे

प्रतिक्रिया