महावीर पुन को माग पुरा गर्न नेकपाको जोड

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १६ १८:४१ बजे

 काठमाण्डौ।  राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै माइतीघरमा धर्ना सुरु गर्नुभएको छ ।“अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उहाँले भन्नुभयो, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ ।”

पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न सङ्घ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले कोषको रकम सहज तरिकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने बताउनुभयो । अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने पनि उहाँको माग छ ।

महाविर पुनका माग लाइ  समर्थन गर्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदी  विज्ञप्तिमा भनिएको छ-वैज्ञानिक अनुसन्धान र नव प्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर कार्यरत महाबीर पुनले सरकारले यस क्षेत्रलाई सहयोग गरोस् भन्ने मागकासाथ मााइतीघर मण्डलामा जुन धर्ना गरिरहेका छन् त्यसतर्फ सरकारको गम्भीररुपमा ध्यान जाओस भन्दै नेपाल कम्युनिष्ट पाटी पुनको मागलाई समर्थन जनाउदै धर्नाप्रति ऐक्यवद्धता जाहेर गर्दछ । 

विकासको पूर्वाधार विज्ञान र प्रविधिलाई प्रवर्धन गर्न निजी क्षेत्रबाट योगदान पुर्याउन उत्साह, ऊर्जा र मेहनतकासाथ काम गरिरहेका महाबीर पुनलाई राज्यले सहयोग गर्नु विज्ञान र प्रविधिको क्षेत्रमा थप टेवा दिनु र देशलाई सही दिशामाा अघि बढाउन मद्दत गर्नु हो भन्ने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा छ ।

अध्ययन अनुसन्धानमाा तल्लिन हुनु पर्ने प्रतिभाहरुले उचित काम गर्ने वातावरण बनाउन र सहयोग गर्न राज्यले सकेमा रोजगारी पैदा गर्न, देशलाई आफ्नै खुट्टामा खडा गर्न र समुन्नत तुल्याउन मद्दत पुग्ने कुरामा सरकारको गम्भी ध्यान जाओस् र महाबीर पुनलाई सहयोग गर्नु देशलाई नै सहयोग गर्नु हो भन्ने जिम्मेवारी सरकारले बोध गरोस् भन्ने कुरामा पार्टी विशेष जोड  दिनु पर्ने कुरा यहि १५ गते एक विज्ञप्तिमा जनाएको छ।





२०८० वैशाख १६ १८:४१ बजे

प्रतिक्रिया