बुद्ध एयरले ल्यायो (एटिआर–७२) नयाँ जहाज

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १५ २२:१२ बजे

काठमाडौँ । बुद्ध एयरले नयाँ जहाज  ल्याएको छ । शुक्रबार साँझ बुद्धले १५ औं एटिआर–७२ जहाज  नेपाल भित्र्याएको हो। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने जनाइएको छ । 

बुद्धका अनुसार ठुला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुन्छ र भाडादर पनि स्वतः सस्तो हुन्छ। त्यही अनुरूप ७२ सिटे जहाज भित्र्याएको प्रेस विज्ञप्तिमार्फत  जनाएको छ । 

योसँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जुन १५ मा अर्को नयाँ जहाज आउने बताए।

धनगढी तथा सुर्खेतमा थप एउटा उडान भर्ने बुद्धको योजना छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक दुइटा उडान भइरहेको छ। यसै गरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने पनि योजना छ।

बुद्धलेको हाल पोखराबाट नेपालगन्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ। अबको केही दिनपछि भद्रपुर र विराटनगरबाट 'प्राइम टाइम' मा पोखराको उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ।

२०८० वैशाख १५ २२:१२ बजे

प्रतिक्रिया