हिमालय 'लोकस्टार'को उपाधि विश्वकर्मालाई

विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार पाएका छन्

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १४ ०८:३८ बजे
बलराम विश्वकर्मा

काठमाडौँ । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो सिजनको विजेता बलराम विश्वकर्मा बनेका छन् ।  बुधबार  सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला रहेका थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार पाएका छन् । 

 पुस्कार पाएपछि उनले भने, 'मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ', । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित  भए । उनले रु तीन लाख नगदसहित पुरस्कार  पाए । यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार पाए । 

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए । 

२०८० वैशाख १४ ०८:३८ बजे

प्रतिक्रिया