यू-१७ महिला एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्ने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १३ ११:१० बजे

काठमाडौँ ।  एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बेलुकी इरानसँग खेल्दैछ ।

समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाली यू-१७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ । यसअघि साफ यू-१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।

तुलानात्मक रुपमा बलियो टोद्यी इरान विरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ ।

२०८० वैशाख १३ ११:१० बजे

प्रतिक्रिया