स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १३ ०९:०९ बजे
स्कुल बस

काठमाडौँ । झापामा स्कुल बसले ठक्कर दिँदा अढाई वर्षीया नाबालिकाको  मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं २ भुत्लुङमा नवोदय बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पवन सुवेदीकी अढाई वर्षीया छोरी किन्जल सुवेदी मृत्यु भएको हो । 

प्रहरीकाअनुसार मङ्गलबार अपराह्न करिब ४ बजे भुत्लुङ–देवीचौन भित्री सडकमा विद्यार्थी पुर्याउन गएको बसले घरको आँगन अगाडि बाटोमा खेल्दै गरेकी किन्जललाई मे १ क ४०७ नम्बरको बसले ठक्कर दिएको हो । 

टाँउको गम्भीर चोट लागेको र उपचारका लागि गौरादहस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा किन्जलको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

२०८० वैशाख १३ ०९:०९ बजे

प्रतिक्रिया