सरकारलाई दिएको समर्थनमा रविको बोली फेरियो, समर्थन किन गरिराख्ने ?

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १२ ११:१७ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन  फिर्ता लिने बताएका छन् । उनले घुमाउरोपारामा सरकारलाई  दिएको समर्थन फिर्ता लिने बताएका हुन् । उनले सरकारलाई दिएको समर्थ कायम राख्नुको कुनै कारण नभएको भन्दै आफूहरूले समर्थन फिर्ता लिने सङ्केत  गरेका हुन् । 

चितवन-२ को उपनिर्वाचनमा जित निश्चित भएपछि प्रतिक्रिया दिँदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

लामिछानेले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आफूहरूले सरकारलाई दिएको समर्थनको समीक्षा गरिने बताएका हुन् । उनले सरकारले केही काम नगरेको बताउँदै अहिलेकै सरकारलाई समर्थ गरिरहन नसकिने बताएका छन् । 

यसअघि लामिछाने मुलुकमा स्थिरताका लागि आफूहरूले सरकारलाई समर्थन दिएको बताउँदै आएका थिए ।  उनले सकारलाई समर्थन दिँदा उनी पनि सत्ताकै लागी लिप्त् भएको आरोप पनि लागेको थियो । उपनिर्वाचन परिणाम आइसक्नलाग्दा उनले स्थिरताका भन्दै सरकारलाई समर्थ दिन नसकिने बताएका हुन् । 

उपनिर्वाचन भएका विभिन्न तीन क्षेत्रहरू मध्येमा एकमा उनका पार्टीका  उम्मेदवारले विजय हासिल गरेका छन् । तनहुँ-१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले निर्वाचित भएका हुन् । चितवन-२ मा पनि रवि लामिछानेको  फराकिलो अग्रता रहेको छ । बारा-२ मा भने उनका उम्मेदवार पछि परेका छन् । 

२०८० वैशाख १२ ११:१७ बजे

प्रतिक्रिया